Wednesday 23 November 2011

जसको शक्ति उसको भक्ति

This poem is not to show hatred or anger to any group or political party. Hope you enjoy reading it. :)


पाईदैंन यहाँ कहिल्यै सुख, चैन र शान्ति,
किन िक छ यहाँ जसको शक्ति उसको भक्ति ।

िमल्दैन यहाँ कहिल्यै सदभाव,सम्मान र मुक्ति,
किन िक छ यहाँ जसको शक्ति उसको भक्ति । 

भेटिदैंन यहाँ कहिल्यै उदार समाझको जुक्ति,
किन िक छ यहाँ जसको शक्ति उसको भक्ति ।

खोजिदैंन यहाँ कहिल्यै देश विकासकालागि कुनै युक्ति,
किन िक छ यहाँ जसको शक्ति उसको भक्ति ।

राखिदैंन यहाँ कहिल्यै लेखाजोखा असल भावनाको जगेर्ना र उन्नती,
किन िक छ यहाँ जसको शक्ति उसको भक्ति ।

बग्दैछ यहाँ कहिले नसोचेको बलिदानहरूको रक्ति,
किन िक छ यहाँ जसको शक्ति उसको भक्ति ।

हुँदैछ यहाँ कहिले नदेखेको पदहरूको नियुक्ति,
किन िक छ यहाँ जसको शक्ति उसको भक्ति ।

गरिंदैछ यहाँ कहिले नभएको नाइनास्ति,
किन िक छ यहाँ जसको शक्ति उसको भक्ति ।

देखिदैंछ यहाँ पशु-राज्यको झैं मनमानि र िबगबिती,
किन िक छ यहाँ जसको शक्ति उसको भक्ति ।

कृपया  उपयोग गरौं प्रजातन्त्र र स्वतन्त्राको शक्ति,
सदुपयोग गरौं यो तुक्का ॔जसको शक्ति उसको भक्ति ॥

धन्यवाद

No comments:

Post a Comment

आशा

Dear Readers, It has been really a long time since I wrote something on this blog but still thank you for staying. A lot of things happened ...