अहिलेको नेपालको शेकाकुल अवस्थामा म भलाकुसारी गर्न चाहन्न, क्रपया मलाई माफ गरिदिनुहोस्। नेपालमा भुकम्प गयो तर सायद सारा नेपालीले महसुस गरे, विदेशमा रहेकालेपनि। राम्ररी सुत्न सकेका छैनन् ति देशप्रेमीहरु। िवदेश बस्नु एउटा मजबुरी हो वा आफ्नै मनखुशी जवाफ दिन गाह्रो तर जाहाँ बसेपनि नेपालीलाई आफ्नै देश प्यारो। म बेलायतलाई ह्रदयबाट धन्यवाद दिन्छु किनकी बिगत १३ सालदेखि मलाई गाँय-बास र कपाएस दिएको छ; तर म जहाँ जन्मेकोछु त्यो म भुल्न सक्दिन। तिमी दुबै देशको सम्मानलाई आँच आएको म देख्न सक्दिन। अहिले नेपाल आमा मुश्किल र कठिनामा छिन्, मेलैकेहि गर्नसके मन हलुका हुन्छ। सकेसन्म गर्दैपनि छौं। सबै नेपालीहरुको साथ देखेर मन भावविभोर भई खुशिको आँसु बहे झैं लागिरहेकोछ ।
मेरो हार्दिक समबेदना छ ति सारा अमर आत्माहरूलाई जसले आफ्ना ज्यान गुमाउनु पर्यो, ति परिवारहरुमा मेरो आत्माबाट सान्तवना छ। मन रोई रहेछ। भन्छन्- आयो-टप्प टिप्यो-लग्यो-मिती पुग्यो-टारेर टरेदैन त्यो। जहाँपनि छन् सबै मिलेर उनिहरूको आत्मालाई चिर शान्तिको कामना गरौं । स्रष्टिको नियमालाई कसैलेपनि नकार्न सकिन्न।
हामी यसरी नै आपसी मेलमिलापमा बस्यौं भने हामी कसैले नजर उठाएर हेर्ने आँटपनि गर्दैनन्। एक सुन्दर नेपालको आशा, निर्माण र सफल्ता चांडै देख्न पाऊँ। ति दिवगंत आत्माहरूपनि नयाँ नेपाल देखेर हर्षमा बसुन् ।
.....................
नेपाल आमाको रोदन र क्रन्दन कसैले सुन्न सकेका थिएनौ,
कतै ति पौराणिक मठ मन्दिर र धरहरामा अल्झेर बसेका थिए कि थाहै पाएनौ,
उनका छातिले कति भार थाम्नु, हातहरुले कतिलाई सम्हाल्नु,
देशलाई खोक्रो बनाउनेहरू कतिलाई आश्रय दिएर राख्नु,
सर्वस्य छोडेर ८० बर्षपछि जुरमुराईन् उनि, भक्कानो छोडेर रोईन्,
हामीलाई बल्ल चेतना भयो, यति सारो उनिले सहेकि रहेछिन्,
नेपाल आमा तिमी दु:खी नहोऊ, आफ्नो आँसु पुछेर घाम झैं हाँसिदेऊ,
आउँछ नयाँ नेपालमा उज्वल ज्योतिको जनभावना, त्यसैले तिमी खुसी भईदेऊ,
अब तिम्रा सन्तानहरू एक भएकाछन्, आपसमा मिलेर एकअर्कालाई साथदिईरहेकाछन्,
जातभात, ढुलोसानो, तेरोमेरो, हिमालीतराई केहि नभनि हातमाहात मिलाएर काम गरिरहेकाछन्,
आमा तिमीले सिकाएको ज्ञान पायौं हामीले,
अबदेखि तिमीलाई माया गर्छौं र ख्याल राख्छौं सबैले,
आखिरमा तिमी रहे हामी रहन्छौं र हाम्रो अस्तित्व र पहिचान,
सदा जगेर्ना गर्नेछौं तिम्रो आस्था, अटल राख्छौं तिम्रो स्वाभिमान ।।
जय नेपाल।