Showing posts with label Nepali women. Show all posts
Showing posts with label Nepali women. Show all posts

Friday, 27 April 2012

झरेको फूल

नारी, आइमाई, केटि, युवती,स्त्री जातको मनमा कहिलेकहीं यस्तो अंतरात्मिक  बिलौनाहरु पनि उत्पन्न हुन्छ / हामी एक  क्ष णमा सम्मानित हुन्छौ भने अर्को क्षणमा अपहेलित पनि हुन्छौ / यो बिधिको बिडम्बना हो कि हामीलाइ प्रकृतिले पनि अलिकति ठगेर नै सिर्जना गरेको छ / खैर्र जे भए पनि मलाई धर्ति आमाले केटि जात भएर पठाएकोले म आफ्नो धर्म, कर्म पूरा गर्दैछु, संसारको मर्महरू पिएर भए पनि/

झरेको फूल 
Add caption

म एक झरेको फूल झैं,
तिरस्कृत, घृणित र अपमानित /

म एक झरेको फूल झैं,
एक्लो, निरास र बेजान /

म एक झरेको फूल झैं,
पर्दैन नजर न त  कसैको /

म एक झरेको फूल झैं,
सबैले केवल कुल्चिंछन् मात्रै /

म एक झरेको फूल झैं,
त्यसैले मेरो नाम नै कसिंगर /

म एक झरेको फूल झैं,
जुन बोटमा हुँदा थिए अप्सरा झैं,
म एक झरेको फूल झैं /
म एक झरेको फूल झैं //


फूल जति राम्रो भएपनि टिपी सकेपछि त्यसको महत्व कम भएर जान्छ/ भगवानको काखमा चढाएपनि, बाटोको हिलोमा खसालेपनि, कुनै सुन्दर केटिको सिरमा सजिएपनी, कसैलाई सौगातको रूपमा भेट दिएपनि बोटबट चुडालीसकेको, शरीरबाट छिनालिसकेको, आत्मामाबाट  लतारिसकेको यो झरेको फूललाइ अब मुर्झाउनु बाहेक केहि अर्को विकल्प नै छैन /

यो यस्तै कहानी हो एउटी दुखि नेपाली महिलाको जसलाई दुखि हुनु पनि कसैको आज्ञा लिनु पर्ने, उसलाई कुनै अधिकार छैन पुरुषप्रधान  देशमा आफ्नो हककोलागि आवाज उठाउनु / यो हरेक पिडित, हेलित, दबाबित  र तिरस्कृत नारीको रोदन, चित्कार र क्रन्दन हो / हामी एक्काइसौं सताब्दीको युवा-युवतीहरु हौं / एक अर्कालाई सम्मान गरौ, सद्भाव राखौं र नेपाललाई अगाडी बढ़ाऔं / 

धन्यबाद








नयाँ आशा, नयाँ नेपाल

अहिलेको नेपालको शेकाकुल अवस्थामा म भलाकुसारी गर्न चाहन्न, क्रपया मलाई माफ गरिदिनुहोस्। नेपालमा भुकम्प गयो तर सायद सारा नेपालीले महसुस गरे, ...