Showing posts with label Kathamndu. Show all posts
Showing posts with label Kathamndu. Show all posts

Friday, 13 April 2012

शुभकामना नव वर्ष २०६९

सानो मोबाईलमा बनाएको तस्बिर हो यो, गल्ति भए माफ पाउ !

 आज म मेरो व्लग मार्फत विश्वका  हरेक कुनामा रहेका सम्पूर्ण नेपालीहरूलाई नव वर्ष २०६९ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दैछु । नेपालमा विविन्न जात -जातिहरूका आ-आफ्नै नव वर्षहरू छन्, तर मैले बाल्यकालदेखि नै यहि मान्दै आएको कारणले चटक्क छोड्नु मन पर्दैन । नेपाल जे जस्तो छ, मलाई त्यस्तै नै प्यारो लाग्छ ।

 मलाई याद छ काठमान्डुमा हुंदा नयाँ वर्ष मनाएको । भव्यताका साथ मनाईन्थ्यो । यहाँ लण्डनमा त के खुशियाली मनाउनु, भोलिपल्टबाट सबै कुरा बढ्छ । बस, रैल, खाना, पेट्रोल, डिजैलआदि। तर कामदारहरूको पैसाचाही जस्ताको त्यस्तै रहन्छ ।

  मलाई नयाँ वर्षको चहल-पहल एकदमै मन पर्छ । भविश्यका आउँदा दिनहरूलाई खुशीका साथ निम्त्याउनुमा  अर्कै आन्नद लाग्छ । हरेक वर्ष नयाँ वर्ष शुरूहुँदा जिन्दगि नै नयाँ भएको झौं महसुस हुन्छ। केही गरौं, केही हासिल गरौं, समाजमा केही बदलाव ल्याउने चेस्टा गरौं, कुनै यस्तो कार्य गरौं जस्ले मलाई मात्र होईन अरूलाईपनि केही फाईदा होस् ; भन्ने प्रवल भावनाहरू मनमा उब्जि रहन्छन् । ह्रदयमा एउटा नयाँ-नौलो जाग्रती, जोस, उमंगले बास बस्छ । "अब आउने वर्षचाही पक्कैपनि फलदायी बनाउँछु" भन्ने अन्तर आत्माबाट एउटा आवाज आउँछ । अब कत्तिको सफल हुन्छु, कति प्रगती गर्छु भनेर किटान गरेर भन्नुचाही मुश्किल नै छ किन भने भविस्य कसैले देखेको छैन । मेरो सानो मनबाट निस्केको एउटा सानै चाहाना मात्र हो । यो वर्ष मैले धेरै कुराहरू गर्ने आँटेको छु, भाग्य र भविस्य दुबैले साथ दिए शायद कार्य सफल हुन सक्ला 

 तपाईहरूको के छ त उदेश्य? वा केही ईच्छा, आकान्छाहरू? जे भएपनि म सबैलाई good luck भन्न चाहन्छु । आगामी दिनहरू सुःख, सम्रीद्दी, शान्ती, शु-स्वास्थ रहोस् , मनोकामनाहरू पूर्ण होस् भनेर मेरो तर्फबाट शुभकामना छ ।

 मेरो व्लग पढिदिनु भएकोमा मुरी-मुरी धन्यवाद ग्यापन गर्दैछु । यो पंग्तिहरु पढेर बुझ्नुस् कि मैले तपाईलाई नै भन्न खोजेको हो (जस्ले व्लग पढ्दैछ) ।

 लिम्शाकु :)  

 ईतिश्री : 

नयाँ आशा, नयाँ नेपाल

अहिलेको नेपालको शेकाकुल अवस्थामा म भलाकुसारी गर्न चाहन्न, क्रपया मलाई माफ गरिदिनुहोस्। नेपालमा भुकम्प गयो तर सायद सारा नेपालीले महसुस गरे, ...